१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

वैशाखका लागि तोकिएको चुनाव हुनै नसक्ने कांग्रेस नेता सिंहको दाबी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले वैशाखमा तोकेको चुनाव कुनै हालतमा हुन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले दुई तिहाईको सरकार भएरपनि संसदमा विश्वासको मत लिन नसक्ने सरकारबाट चुनाव हुनै नसक्ने जिकिर गरे।

पूर्व प्रधानन्यायाधीशहरुलाई बास्कोटाको चुनौति – प्रचण्डको पार्टीबाट चुनाव लड्न आउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले संसद् विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–नेपाल नेतृत्वको पार्टीको सदस्यता लिएर चुनाव लड्न आउन चुनौति दिएका छन्।

कांग्रेसको देशव्यापी प्रदर्शनलाई कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दैछ। यही पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो। जसअनुसार कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

निर्वाचनबाट मात्रै प्रतिनिधिसभा स्थापना : प्रधानमन्त्री

‘संसद् विघटन असंवैधानिक भएको भन्नेहरूलाई एकपल्ट संविधान पढ्न आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद्को ६४ प्रतिशतको सर्वसम्मत प्रधानमन्त्री म हुँ, देशको समय बर्बाद हुने भयो, मलाई काम गर्न दिएनन्, त्यसकारण मैले ताजा जनादेशमा जान संसद् विघटनको सिफारिस गरेको हुँ। अब निर्वाचनबिना प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने कुरा संवैधानिक, व्यावहारिक, कानुनी, आवश्यकताको सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलन, मर्यादा कुनै हिसाबले पनि मिल्दैन।’

प्रचण्ड–नेपाल समूहले देशभरका जिप्रकामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठायो

संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ।

संसद् विघटनविरूद्ध भोलि कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो।

‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू, 'कू' मतिमा नलाग्नुहोस्’

विवेकशील पार्टीले संसद् विघटनविरूद्ध ऐना प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा विवेकशीलले ऐना प्रदर्शन गरेको हो। सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै विवेकशीलले सांकेतिक रूपमा सरकारलाई ऐना देखाएको हो।

निराशाको हत्या

संसद् विघटनले आफूमाथि लागेका सम्पूर्ण आरोप तपसिलमा पार्छभन्ने सोचकासाथ ल्याइएको संसद् विघटनको अध्यादेशले सरकार फस्यो । प्रधानमन्त्री केपी शर्मा अहिले झन तनाव र दबाबमा छन् । उनका उग्र भनाइ र कटाक्षले रक्षात्मक अवस्थामा पुगेको जनाउ दिन्छ ।

‘अदालतको फैसला नआई सवारीसाधन फिर्ता माग्दैनौं’

प्रतिनिधिसभा विघटनपछि संघीय संसद् सचिवालयमा यतिबेला सुनसान हुन पुगेको छ। संसद् सचिवालयले कोरोना भाइरसको जोखिमबाट बच्ने उपायसहित संसद् अधिवेशनका लागि आवश्यक तयारी गरेको थियो।

खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थीहरुले खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाएका छन्।

संविधानसभा अध्यक्ष नेम्वाङ संविधानको पक्षमा उभिन सक्नु भएन, आशा छ अदालतले उभिने साहस राख्छ : गगन थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ। यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।

संसद्को पाँचौँ विघटन र नियति

सत्तरी वर्षमा ६ वटा संविधान, उनन्तीस वर्षमा २४ जना प्रधानमन्त्री, छब्बीस वर्षमा पाँचपटक संसद् बिघटन– नेपालको प्रजातन्त्रको इतिहास सुखद छैन । वर्तमानलाई निराश र भविष्यका पुस्तालाई खिन्न पार्ने यस्तै अरू टिपोट पनि इतिहासका पन्नामा लेखिएका छन् ।

अतितजीवी उत्साहमा ओली उन्माद

हालसालै नेपालका ठूला सहरहरूमा राजावादीहरूले रमाइलो गर्दै थिए । कोरोनाका कारण नेपालीले कार्तिकनाच हेर्न पाएका थिएनन् । त्यसको रहर राजावादीले मेटाइदिएका थिए । नेकपाको सरकार बनेयता कुनै राजनीतिक दलले देश र नागरिकका समस्या समाधान हेतु दबाबमूलक प्रदर्शन गरेका थिएनन् ।

‘जनताको सम्पत्ति हो संसद्’

संसद् विघटनविरुद्ध बृहत् नागरिक समूहले‍ विरोध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलामा समूहले डम्फुसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको थियो। लेखक, कवि, कलाकार तथा बौद्धिक वर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध सडकमा आन्दोलन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्