५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको देशव्यापी प्रदर्शनलाई कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

फाइल तस्वीर

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दैछ। यही पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो। जसअनुसार कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।  

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए। जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको उनका स्वकीय सचिव भानु देउवाले जनाए।  

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्दैछन्। कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्दैछन्। यसैगरी कांग्रेस नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६,७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो।

प्रकाशित: २५ पुस २०७७ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App