१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहले देशभरका जिप्रकामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठायो

प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंतर्फ जान लागेको टोली। तस्वीरः सुरेन्द्र बस्नेतको फेसबुकबाट

संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ। संसद् विघटनविरूद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड–नेपाल पक्षले शुक्रबार देशभर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधान पुस्तक दिएको हो।

यसअघि पुस १८ गते नेकपा प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार आज सबै जिल्लाका प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने कार्यक्रम तय गरिएको थियो।

प्रकाशित: २४ पुस २०७७ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App