८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधानसभा अध्यक्ष नेम्वाङ संविधानको पक्षमा उभिन सक्नु भएन, आशा छ अदालतले उभिने साहस राख्छ : गगन थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ। यसैक्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा विघटनविरुद्ध मौन भएर बस्दा आफूलाई दुःख लागेको बताएका छन्। उनले संविधान बनाएको संविधान सभाका नेताले संविधानको पक्षमा उभिने साहस नराख्दा आफूलाई अपसोच भएको बताएका हुन्।  

नेता थापाले आज एक ट्विटमार्फत् भनेका छन्,

'प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।
मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइनुुभनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।
अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा 'कु' हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको 'निरिहता' देख्दा दया लागेको छ।संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।'

यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।

प्रकाशित: २२ पुस २०७७ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App