१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

फेरि तात्न थाल्यो सडक

पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो ।

संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्छ : देव गुरूङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेता देव गुरूङले संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्ने बताएका छन्।

संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्।

रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिइन् ‘महाराज’को संज्ञा

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेकी छन्।

संसद् विघटन गलत हो : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले ३ दिनपछि प्रतिनिधिसभा विघटनबारे बोलेका छन् । बुधबार उनले विज्ञप्ति जारी गर्दै सातौं अधिवेशनको सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिािनधिसभा अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको बताएका छन् ।

संसद् विघटनबारे अर्जुन पराजुलीको कविता : जुँगा उखेल्नुभाे हजुरले जुगको !

चर्चित व्यंग्य कवि अर्जुन पराजुलीले प्रधानमन्त्रीले संसद् विघटन गराएकामा व्यंग्य गर्दै कविता लेखेका छन्।

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।

देश अँध्यारो सुरुङमा फसिसकेको भन्दै डा. भट्टराईले देखाए २ उपाय

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेको बताएका छन्।

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।

अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर

आर्थिक समृद्धिको नारा दिएर जनताबाट बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् संसद विघटन गरेपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने सरोकारवालाले बताएका छन् ।स्थिर सरकारबाट मुलुकको विकास र समृद्धिको अपेक्षा गरिएकोमा एक्कासि मध्यावधि निर्वाचन घोषणा भएपछि मुलुकमा लगानीको वातावरण बिग्रिने देखिएको छ।

रामकुमारी झाँक्रीको आक्रोशः संसद् विघटन गरेकामा विद्या भण्डारी र केपी ओलीलाई बधाई !

उनले फेरि एकपटक गणतन्त्रका लागि लड्न सबैमा आह्वान पनि गरेकी छन्।

संसद् विघटन निरंकुशताको पराकाष्ठा, यसविरुद्ध चाँडै निर्णय गर्छाैं : जसपा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधिसभा भंग गरेपछि विज्ञप्ति जारी गर्दै जसपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संसद् विघटनको आक्रोश : सञ्चारमन्त्री गुरुङलाई गृहजिल्ला दोलखामा कालो झन्डा

सञ्चारमन्त्री पार्वत गुरुङलाई गृहजिल्ला दोलखामा आइतबार पूर्वमाओवादी कार्यकर्ताले कालो झन्डा देखाएका छन्।

संसद् विघटनपछि डा.भट्टराईको कटाक्ष: अब पनि ‘लम्पसार’ राजनीति गर्ने हो भने कमण्डलु बोकेर हरद्वारतिर लाग्नु वेश !

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब पनि नचेत्ने हो भने हिटलरको पुनरावृत्ति हुन सक्ने चेतावनी दिएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठको अपिल : प्रधानमन्त्री ओलीविरुद्ध एक होऔं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्