२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्छ : देव गुरूङ

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका नेता देव गुरूङले संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्ने बताएका छन्। प्रचण्ड–नेपाल पक्षले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरूङले ‘सरकारको पछिल्लो कदम खारेज गर्न सकिएन भने ढिलोचाँडो संकटकाल लागू हुने’ बताएका हुन्।

‘सरकारको प्रतिगमनकारी कदम सच्याउनुको विकल्प छैन,’ उनले भने, ‘यो कदम खारेज गर्न सकिएन भने ढिलो चाँडो संकटका लागू हुनेछ। संकटकाल लागु भइसकेपछि संविधानका धारा निष्कृय हुनेछन्।’

स्थायी कमिटी सदस्य समेत रहेका नेता गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी तथा एकाधिकारवादी चिन्तनका कारण अहिलेको स्थिति सिर्जना भएको दाबी समेत गरे।  

प्रकाशित: १३ पुस २०७७ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App