२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद् विघटन गलत हो : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले ३ दिनपछि प्रतिनिधिसभा विघटनबारे बोलेका छन् । बुधबार उनले विज्ञप्ति जारी गर्दै सातौं अधिवेशनको सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिािनधिसभा अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको बताएका छन् ।  

उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको भएपनि फरक व्याख्या गरिएको उनको भनाइ छ । संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको भन्दै उनले सात दशकयता विभिन्न आन्दोलनको जगमा संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार हो भन्दै संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलबीच उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको उल्लेख गरेका छन् । 

विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको उनले भनेका छन् । साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरू, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रकाशित: ९ पुस २०७७ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App