coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जनताको सम्पत्ति हो संसद्’

संसद् विघटनविरुद्ध बृहत् नागरिक समूहले‍ विरोध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलामा समूहले डम्फुसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको थियो। लेखक, कवि, कलाकार तथा बौद्धिक वर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध सडकमा आन्दोलन गरेका थिए।  

प्रधानमन्त्रीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै खगेन्द्र संग्रौला, युग पाठक र नारायण वाग्लेलगायत ५४ जना लेखक, कलाकार तथा कविले सडक आन्दोलनको घोषणा गरेका थिए।

बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकको भेलाका संयोजक युग पाठकका अनुसार पुस ११ देखि सुरू गरिएको सडक आन्दोलन पुस १८ सम्म चल्नेछ।

‘मुलुकलाई अस्थिर, दिशाहिन र संकटग्रस्त तुल्याएको ओली सरकारको प्रतिगमन र थप प्रतिगमनका शृंखलाविरुद्ध सडक संघर्षमा सहभागी भइदिनुहुन सबै सचेत नागरिक, बौद्धिक, कलाकर्मी, पेसाकर्मी, लेखक, पत्रकार, कवि, रंगकर्मी, शिक्षक, प्राध्यापक, विद्यार्थी एवम् आदिवासी, जनजाति, मधेसी, महिला, थारु र दलितलगायतका उत्पीडित समुदायका सचेत नागरिकहरूमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भने, ‘संसद् भनेको जनताको सम्पति भएकाले त्यहीमार्फत सम्पूर्ण कुराको छिनोफाने गरिनुपर्छ भनेर हामीले शनिबारदेखि शंख बजाएर साताव्यापी सडक आन्दोलन गरिरहेका छौं।’  

सडक आन्दोलनअन्तर्गत पुस १५ मा धिमे एपिसोड, पुस १७ मा च्याब्रुङ एपिसोड र पुस १८ मा सडक नाटक मञ्चनलगायत कलात्मक प्रस्तुति हुनेछन्। लेखक, कवि, कलाकार तथा बौद्धिक वर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमलाई प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै भत्र्सना गरिरहेका छन्। उनीहरूले ओलीको गैरसंवैधानिक र जनविरोधी ‘कु’ले प्रतिगमनतर्फको क्रुर मोड लिएको जनाउँदै यस कदमलाई संशोधन गरी तुरुन्त बदर गर्न माग गरिरहेका छन्।

यसअघि शनिबार नागरिक समाजका अगुवाहरूले सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको तर्क गर्दै सो कदम संविधानमाथिको आक्रमण भएको बताउँदै शंख बजाएर विरोध गरेका थिए।

प्रकाशित: १४ पुस २०७७ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App