२२ असार २०८१ शनिबार
image/svg+xml

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

‘गिट्टी–बालुवा निकासी खोलेर सरकार आफ्ना ‘यार’ पोस्न कुन हदसम्म गिर्छ भन्ने कुरा छर्लंग भएको छ’

‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ।’

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।

'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले'

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ट्विट गर्दै थापाले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ज्यू! मिथ्यांकमा होइन, तथ्यांकमा टेकेर बहस गरौँः गगन थापा

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको बताएका छन्।

विघटनकाे कदम सही थियो भनेर प्रमाणित गर्न ओलीले संसद्लाई कामविहीन बनाउँदैछन् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्सँग बदला लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अपमान गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रनिनिधिसभामा बोल्दै सांसद् थापाले ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने बताए।

नेकपाका नाममा जित्नेलाई जनप्रतिनिधि मान्न सकिन्न : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका नाममा जितेर आएकालाई अब जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । शनिबार पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अदालतले छुट्याएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाइसकेकाले नेकपाका नाममा जितेकालाई जनप्रतिनिधि मान्न नसकिने बताएका हुन् ।

प्रचण्ड र नेपाल लोभी, प्रधानमन्त्री अहंकारीः गगन थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको टिप्पणी गरेका छन् । त्यस्तै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पनि लोभी भएको उनले बताए ।

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

लड्डु कांग्रेसका कारण सिङ्गो पार्टीमाथि प्रश्न उठ्यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने बताएका छन्।

श्रीमानहरुलाई खासखुसले प्रभावित नगरोस : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन।

गगन थापाको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपट गरे

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे।

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र होइन साझेदार : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको अहंकारले आजको अवस्था आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्रीले लोकतन्त्रको तालाचाबी नै फोडेको बताए।

गगन थापा भन्छन् : तीन वर्षअगाडि जनताले नेकपालाई दिएको मतको वैधता अब सकियो

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’

प्रधानमन्त्री ओलीप्रति गगन थापाको आक्रोश : राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने !

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मगंलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गराएरै छाड्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्