२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

लड्डु कांग्रेसका कारण सिङ्गो पार्टीमाथि प्रश्न उठ्यो : गगन थापा

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने बताएका छन्। शुक्रबार काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभामा नेता थापाले विद्यमान व्यवस्था र संविधान जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।  

तर, अहिले पार्टीका केही नेताका कारण सिंगो नेपाली कांग्रेसमाथि नै प्रश्न उठिरहेको उनको भनाई छ। उनले केही अवसरवादी कांग्रेसका कारण संसद् विघटनविरुद्ध ठोस रुपमा उभिन नसकिएको जिकिर गरे। ‘केही लड्डु कांग्रेसहरु मैदानमा आउनुभएको छ। यो हातमा पनि लड्डु त्यो हातमा पनि लड्डु। लड्डु कांग्रेसको कारणले गर्दा आज कांग्रेसमाथि प्रश्न उठेको छ,’ उनले भने।  

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नेपाली जनताको अधिकार खोस्ने शासकहरुको पंक्तिमा लेखिने समेत ठोकुवा गरे। ‘नेपालको इतिहासको पानामा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिने छैन,’ उनले भने,‘उहाँको नाम नेपाली जनताको अधिकार खोस्ने शासकहरुको पंक्तिहरुमा लेखिनेछ।’

तर, कांग्रेसले अहिले स्पष्ट चरित्र नदेखाए आफूहरुमाथि प्रश्न उठ्ने बताए। ‘केपी ओली र उहाँका धुपौरियाका बारेमा केही भन्नु छैन। तर, चिन्ता आज आफ्नै गर्नुपर्नेबेला आएको छ,’ उनले भने,‘इतिहासले हामीलाई पनि प्रश्न गर्नेछ, त्यो बेलामा नेपाली कांग्रेस के गरिरहेको थियो भनेर प्रश्न गर्नेछ। त्यो बेलामा नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक हो भनेर उभिएर बसेको थियो भनेर भनेर भन्न पाउँनेछ। तर, भन्न पाउने हक र अधिकारलाई हाम्रै केही साथीहरुले अलमललाई दिइराख्नुभएको छ,’ उनले भने।

प्रकाशित: १६ माघ २०७७ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App