१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।  

चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहका ५ हजारभन्दा बढी चिकित्सक परीक्षाको लागि तयारी गरेर बसेका छन्। महामारीमा तत्काल परीक्षा हुने सम्भावना रहेकाले सो जनशक्तिलाई परिचालन गर्न थापाले आग्रह गरेका हुन्।

कोभिड महामारीको उपचारमा चिकित्सकको अभाव भैरहेका बेला पूर्व स्वास्थ्य मन्त्री थापाले शुक्रवार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रोफेसर डाक्टर श्रीकृष्ण गिरीलाई भेटेर ध्यानाकर्षण गरेका छन्। ‘असारमा पिजीकोे परीक्षा हुन्छ भन्ने ठानेर पाँच हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन्,’ कांग्रेस नेता थापाले भने, ‘कोभिडको कारण अझै चार/पाँच महिना परीक्षा नहुने भएकाले त्यो जनशक्तिलाई परिचालन गर्न सकिन्छ।’

चिकित्सा शिक्षा आयोगले चार/पाँच महिना परीक्षा हुँदै भनेर विद्यार्थीलाई आस्वास्त पारेर परिचालन गर्न सकिने बताए। परीक्षाको मिति तोक्दा कम्तिमा ४५ दिन समय  राखेर तोकिने कुराको सुनिश्चित भए विद्यार्थीहरु उपचारमा जाने थापाले बताए। ‘एउटा सानो निर्णयले परीक्षाको तयारी गरिरहेका चिकित्सक ढुक्कसँग महामारीको उपचारमा लाग्न सक्छन्,’ थापाले भने, ‘निर्णय गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएको छु।’ उपाध्यक्ष गिरीले केही दिनमा निर्णय लिने प्रतिवद्धता नजाएको थापाले जानकारी दिए।  

थापाले महामारीमा तोकिएको काम गरेकाहरुलाई पिजीमा आवेदन दिँदा निश्चित अंक थप पाउने नियम बनाएर प्रोत्साहन गर्न पनि सुझाव दिएका छन्। सरकारको यो निर्णयले महामारीको लडाइँ जनशक्ति अभावलाइई केही हदसम्म कम गर्न सघाउ पुग्ने उनले बताए।

‘चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अङ्क थप पाउने नियम थपिदिनुस,’ थापाले भने, ‘सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठूलो मद्दत पुग्नेछ।’

प्रकाशित: १४ जेष्ठ २०७८ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App