४ वैशाख २०८१ मंगलबार
राजनीति

‘गिट्टी–बालुवा निकासी खोलेर सरकार आफ्ना ‘यार’ पोस्न कुन हदसम्म गिर्छ भन्ने कुरा छर्लंग भएको छ’

फाइल तस्बिर

नेपाली कांग्रेस  नेता गगन थापाले गिट्टी–बालुवा निकासी खोल्न सरकारले गरेको घोषणालाई विरोध जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले गिट्टी–बालुवा निकासी खोलेर सरकार आफ्ना ‘यार’ पोस्न कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लंग भएको भन्दै आरोप लगाएका हुन् ।  

उनले लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ।’

‘यो ‘नीतिगत भ्रष्टाचार हो’। आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ’, उनले उल्लेख गरेका छन् ।  

अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई जनप्रतिनिधिले  प्रतिरोध गर्ने बताउँदै  थापाले जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गरेका छन् । 

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App