२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीप्रति गगन थापाको आक्रोश : राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने !

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मगंलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गराएरै छाड्ने चेतावनी दिएका छन्।  

अध्यादेश जारी भएलगत्तै सांसद थापाले सामाजिक सञ्जालमार्फत संविधानको खिल्ली उडाउने प्रावधान राखेर अध्यादेश ल्याइएको आरोप लगाउँदै जनताको साथ र शक्तिबाट त्यसलाई फिर्ता गराएरै छाड्ने चेतावनी दिएका हुन्।  

‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने,’ नेता थापाले ट्विटरमा लेखेका छन्, ‘सरकारको यो असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट। जनताको साथ र शक्तिबाट।’

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन्। 

प्रकाशित: ३० मंसिर २०७७ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App