२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गगन थापा भन्छन् : तीन वर्षअगाडि जनताले नेकपालाई दिएको मतको वैधता अब सकियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लहड’मा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।  

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटनको सिफारिस गरेपछि दिउँसो सामाजिक सञ्जालमार्फत सांसद थापाले यसको संवैधानिक व्याख्या हुने तर व्याख्या जे भए पनि ३ वर्षअगाडि जनताले नेकपालाई दिएको वैधता भने अब सकिएको पनि उल्लेख गरेका छन्।  

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,’ पूर्वमन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि ३ वर्षअगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।’

प्रकाशित: ५ पुस २०७७ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App