४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस नेता कार्यकर्ताहरूलाई पूर्व मन्त्री खाँणको निर्देशन उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

भोलिदेखि आचारसंहिता लागु हुने

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ।

रास्वपाबाट लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ।

मन्त्रीका थरीथरी ‘स्टन्ट’

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।

राष्ट्रियसभामा नयाँ दलको प्रतिनिधित्व कठिन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि तीन नयाँ राजनीतिक पार्टी संसद्मा प्रवेश गरेका छन्।

सरकार गठनका ६ विकल्प

कुनै दलले बहुमत ल्याउन नसकेकाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ । अब धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा ७६ (२) अनुसार पनि कुनकुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन।

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले) का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको ।

प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।

महोत्तरी–२ बाट लोसपाका शरद सिंह भण्डारी निर्वाचित

उनले निकट प्रतिद्वन्दी तराई मधेस लोकतान्त्रिक पार्टीका बिजय कुमार सिंह भन्दा १४ हजार ७० मत बढी ल्याएर निर्वाचित भएका हुन्।

निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ।

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

झापा क्षेत्र नं ५: पुरानै अनुहारबीच प्रतिस्पर्धा

सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन्।

सरकारको लोभ देखाउँदै उम्मेदवार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्