८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

भोलिदेखि आचारसंहिता लागु हुने

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ।

मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिए।

आयोगले चैत २३ गते उपनिर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। निर्वाचन आचारसंहिता अनुसार उपनिर्वाचनमा भाग लिने राजनीतिक दलहरूले सभ्य र अनुशासित भई निर्वाचन प्रचारप्रसार गर्नुपर्नेछ।

निर्वाचन प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ भने निवार्चन प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट र टोपी लगायतका प्रचारका विभिन्न सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन्।

विभिन्न राजनीतिक दलहरूले देशव्यापी रूपमा प्रचारप्रसारका लागि दुई जनालाई मुख्य प्रचारकको रूपमा व्यवस्थापन गर्नुपर्नेछ भने त्यसका लागि आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरूले हेलिकोप्टर प्रयोग गर्न पाउने छन्।

प्रकाशित: २२ चैत्र २०७९ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App