६ वैशाख २०८१ बिहीबार
राजनीति

महोत्तरी–२ बाट लोसपाका शरद सिंह भण्डारी निर्वाचित

महोत्तरी– २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका शरद सिंह भण्डारी निर्वाचित भएका छन्।

उनले निकट प्रतिद्वन्दी तराई मधेस लोकतान्त्रिक पार्टीका बिजय कुमार सिंह भन्दा १४ हजार ७० मत बढी ल्याएर निर्वाचित भएका हुन्।

भण्डारीले २५ हजार १९० मत ल्याएर निर्वाचित हुँदा सिंहले ११ हजार १२० मत प्राप्त गरेका छ।  त्यस्तै नेकपा एमालेका उम्मेदवार रामपरिक्षण यादवले १० हजार २५८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ।

जनमत पार्टीका उमेश कुमार यादव ५ हजार ९७१ मत ल्याएर चौथो स्थानमा ल्याएको छ।

भण्डारी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेतृ किरण यादवलाई पराजित गरी यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उनी यसपटक नेपालीसहित गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेको थियो।

प्रकाशित: ९ मंसिर २०७९ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App