२० असार २०८१ बिहीबार
image/svg+xml

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

बाढी पूर्व तयारी : उद्वारदेखि प्राथामिक उपचारसम्म अभ्यस्त सुरक्षाकर्मी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र रेडक्रसका कर्मचारी उद्वार सामग्रीसहित शुक्रबार दिउँसो बबई नदीको भादा घाटमा पुग्छन् ।

दैलेखमा ३३ जना सुरक्षाकर्मी कोरोना संक्रमित

दैलेखमा सुरक्षार्थ खटिएका ३३ जनामा कोरोना भाइरस देखिएको छ। विभिन्न क्वारेन्टिन सुरक्षा तथा अन्य ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको हो।

महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिला

पोखरामा महिला क्वारेन्टिन स्थापना गरिएको छ । विदेशबाट फर्किएका महिलालाई मात्रै राख्नेगरि पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिन स्थापना गरिएको हो । बुद्ध हस्पिटलका नाममा स्थापना गरिएको हस्पिटललाई गत वर्ष मात्रै पद्म नर्सिङ हस्पिटलले खरिद गरेर आफ्नै नाममा हस्पिटल सञ्चालन गर्ने तयारी गरिरहेका बेला क्वारेन्टिन बनाइएको हो ।

पूर्वप्रधानमन्त्रीबाहेक दर्जन नेताले फिर्ता गरे कार्यविधि छलेका सुरक्षाकर्मी

कार्यविधिमा पूर्वगृहमन्त्रीहरूलाई दुई जना सुरक्षाकर्मी दिने, पछुवा गाडी फिर्ता गर्ने उल्लेख भएको थाहा पाई उनीहरूले आफूसँग भएका सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।

कार्यविधि छलेका सुरक्षाकर्मी भटाभट फिर्ता गर्दै , पूर्वप्रधानमन्त्री बाहेक एक दर्जन नेताले आफै फिर्ता गरे

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने निर्णय गरेपछि सुविधा लिएका अधिकांश नेताहरुले सुरक्षाकर्मी फिर्ता गर्न थालेका छन्। गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकमा सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने निर्णय गरेपछि पूर्वप्रधानमन्त्रीहरु बाहेक अन्य नेताहरुले सशस्त्र प्रहरीलाई फिर्ता गरेका हुन्।

बाँकेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि संक्रमण

बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यक्षेत्रमै बास

एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

दार्चुलाकाे गागामा अब सशस्त्रको गुल्म: यस्तो छ तयारी

भारतीय एसएसबी फोर्स र सेनाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सुरक्षा फौज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ ।

कपिलवस्तुमा ३ सुरक्षाकर्मीमा पनि कोराना संक्रमण

कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका चार जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी सहायक निरिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षकलाई कोरोना देखिएको हो ।

नेकपा प्रवक्ता श्रेष्ठले भनेः 'मलाई कुनै खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजाऊ'

प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत निर्वाचनअघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका हुन्।

टिपर चालकलाई स्वास्थ्य सामाग्री वितरण

उक्त निर्णय कार्यान्वयन भएसँगै जिल्लाको अरनिको र वि.पी राजमार्ग हुदैँ निर्माण साम्रगी ढुवानी साधन बढि मात्रामा गुड्न थालेपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले ट्रिपर चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सीमाक्षेत्रमा ५० मिटरको दुरीमा सशस्त्र

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमित ठुलो संख्यामा भेटिन थालेपछि भारतसँग सिमाना जोडिएको बाराका सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

भागेर नेपाल पसेका तीन जनालाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो

भारतबाट भागेर नेपाल पसेका तीन जनालाई फेरि भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्