८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

इलाममा ६ सुरक्षाकर्मीसहित ८ संक्रमित थपिए

इलाममा ६ सुरक्षाकर्मीसहित ८ कोरोना संक्रमित थपिएका छन् । सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ का ५ जना तथा जनपद प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको हो । इलाम क्वारेन्टिनका एक सुरक्षा गार्ड र माई नगरपालिका–४ का एक युवकमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नयाँ संक्रमण पुष्टि भएका सबै पुरुष २६ देखि ४६ वर्षसम्मका छन् । कार्यालयका अनुसार सशस्त्र प्रहरीका जवानहरू झापामा ड्युटी सकेर इलाम आइ सेल्फ क्वारेन्टिनमा थिए । जनपद प्रहरी र इलाम नगरपालिकाका सुरक्षा गार्ड क्वारेन्टिनको सुरक्षार्थ रहेको कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । उनीहरूमध्ये माई नगरपालिकाका युवकलाई मोरङको गोठगाउँस्थित आइसोलेसन पठाइएको छ भने बाँकीलाई विराटनगरस्थित कोभिड अस्पताल लगिएको छ । नयाँ थपिएसँगै जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ । यीमध्ये १५ जना डिस्चार्ज भइ घर फर्केका छन् ।  

सूर्याेदय कोरोनामुक्त
इलाममा सबैभन्दा पहिले कोरोना संक्रमण देखिएको स्थानीय तह सूर्याेदय नगरपालिका कोरोनामुक्त भएको छ । सूर्याेदयका ११ जनामा संक्रमण देखिएकामा आज (आइतबार) पनि थप २ जना डिस्चार्ज भएपछि नगर कोरोनामुक्त भएको हो । यसअघि सूर्याेदयका ९ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् । 

गत जेठ २७ मा जिल्लामै पहिलोपटक सूर्याेदय नगरपालिकाका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वैदेशिक रोजगारीबाट फर्केर नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । इलाम, देउमाई र माई नगरपालिका तथा रोङ गाउँपालिकाका १÷१ संक्रमित यसअघि घर फर्किसकेका छन् ।

प्रकाशित: ११ श्रावण २०७७ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App