१७ असार २०८१ सोमबार
image/svg+xml

‘कर्णाली करिडोर तोकिएकै समयमा सम्पन्न गर्छौं’

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको अन्त्यसम्म हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने गरेर काम गर्ने बताए।

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन्। केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन्।

बूढीगण्डकीले बगाएको यारुबगरको बाटो खच्चड हिड्ने बन्यो

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको पैदलबाट निर्माण पुरा भएको छ ।

मेलम्ची बाढीः बगरमा तैरिएका पीडाहरु

बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।

एकरातमै बगर बन्यो धानखेती

धादिङको गजुरी गाउँपालिका वडा नं ७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम सातातिर चार रोपनी खेतमा धानखेती गरे। धानको बीउ छर्नदेखि रोपाई गर्नसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ। केही दिनदेखि आएको बर्षासँगैको बाढीले धानखेती सखाप बनाएपछि उनी चिन्तित छन्। धानखेती गरेर उब्जनी बढाउने उनको सपना बगरमा परिणत भएको छ।

नौमुलेमा सामूहिक रोजगारी

नौमुले गाउँपालिकामा के महिला के पुरुष । असार अन्त्यतिर लाग्दा लाम लस्कर लागेर धमाधम काम गरिरहेको दृश्य उत्साहजनक देखिन्छ ।

कंकाल भेटिने बगरमा खेती (फोटो फिचर)

द्वन्द्वकालमा गाडी लुकाउने, मान्छेका कंकाल भेटिने ठाउँको रुपमा रहेको दानव नदीको बगर क्षेत्र अहिले हरियाली उर्वरभूमिको रुपमा परिणत भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिका ३ स्थित हसनापुर कुट्टा नाकामा रहेको त्यो बगर क्षेत्र अहिले खेतीयोग्य उर्वरभूमि, आपको बगैचा र पोखरीको रुपमा देखिन्छ।

बगरको जग्गा किनबेच

खोला उकास ऐलानी जग्गामा आफ्नो उपभोग रहेको प्रमाण देखाउन गाउँलेहरूले धमाधम पक्की घर बनाइरहेका छन्। केहीले मौखिक किनबेचसमेत गरिरहेका छन्।

बगर बनेको १४ बर्षपछि धान फल्यो

बाढीले बगाएको १४ बर्षपछि बगरमा खेतीपाती गर्न थालिएको छ। २०६४ को बाढीले तीन सय ६४ परिवारको हजारौ रोपनी जमिन छिन भरमै बगर बनाएको थियो। खोलामा तटबन्धको काम शुरु भए पछि बाढीले विस्थापित स्थानीयहरुले बगरमा फर्केर खेतीपाती गर्न शुरु गरेका छन्।

चीन जोड्ने छरितो नाका खुलाउन टेन्डर तयारी

सरकारले दोलखाको लामाबगरबाट चीन जोड्ने लामाबगर नाका सडकको आउँदो हिउँद अघि टेन्डर खुलाउने तयारी थालेको छ। चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो भनिएको यो सडक एउटा प्याकेजमा लगानी गरेर निर्माण गर्न सरकारले टेन्डर खुलाउने तयारी थालेको हो।

बगर बन्दै धुर्सेनी बस्ती

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिरोका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ। यस वर्ष वर्षा शुरु भएसँगै अविरल रुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन्।

बगरमा जिम सेन्टर

पोखराको बगरमा जिम सेन्टर खुलेको छ। लामो समयदेखि खेलकुदमा लागेका ४ युवा खेलाडीहरूले २ करोडको लागतमा पोखरा महानगरपालिका– १ को बगरस्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेटअगाडि स्पोटर््स सेन्टरका रूपमा ‘जिम टाउन’ सञ्चालनमा आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्