१९ असार २०८१ बुधबार
image/svg+xml

जाजरकोट–डोल्पा सडक अन्तर्गत ३ किमि सडक बिस्तार गरिने

जाजरकोट– डोल्पा सडक अन्तर्गत पर्ने छलगाडदेखि त्रिपुराकोट बगरबजारसम्मको ३ किमि सडकको बिस्तार तथा स्तरउन्नती गरिने भएको छ।

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

अछामको साँफेबगर र कैलालीको धनगढी पहिलो पटक हवाई सेवामा जोडिएका छन्। साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो। समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ।

हरायो पानीको दुःख, ‘धन्यवाद अध्यक्ष ज्यू’

अछाम साफेबगर नगरपालिका ७ की चम्फा थापालाई डोकामा पानी बोकेर पिउनुपर्ने बाध्यता हट्ला भन्ने लागेकै थिइन्। उनलाई बर्खामा भन्दा पनि हिँउदका महिना सुरु भएपछि अझ बढि चिन्ता हुन्थ्यो। वर्खायाममा नजिकै पानी पाइए पनि हिउँदमा भने मुस्किल थियो। तर, अहिले उनी आफैं पानीको लागि सहजता महसूस गर्न थालेकी छिन्।

बगरमा केराखेती, लाखौं कमाइ

रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी  केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।

बगर जोत्दै, ढुंगा निकाल्दै

सामान्यतया नदी, खोलाको बगर जोतेर किसानले केरा, परबल, उखुजस्ता उपयुक्त खेती गरेर बाली उब्जाउने गर्छन्।

काठमाडौंको लामबगरमा बस दुर्घटना, १६ यात्रु घाइते

धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान ७ः४९ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।

लामाबगर बिष्फोटमा युवाको मृत्यु

जिल्लाको उत्तरी सिमा गाउँ लामावगर नजिक सडक निर्माण गर्दा गराईएको बिष्फोटमा परेर एक स्थानीय युवक नदीमा खसेर बेपत्ता भएका छन्।

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।

बगर भाइखलक ‘ए’ विजयी

पोखराको बगर भाइखलक ‘ए’ ले शनिबार दोस्रो रुस्लान जावलाखेल कप ‘नाइन ए साइड’ भेट्रान फुटबलमा इन्डिजिनस फुटबल क्लबलाई २–० ले पराजित गरेको छ।

बगरमा गाडिएको बालिकाको शव फेला

खोटाङमा ८ वर्षीय बालिकाको शव खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको छ । बुधबार दिउँसोदेखि हराएकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी बालिका लुमनी राईको शव बुधबार राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बाध्यताको बगर जिन्दगी !

स–साना ढुंगा जोडेर बनाइएको चुलोमा कालो डेक्ची बसालिएको छ । प्रेसर कुकरमा तरकारी र दाल एक साथ पाकिरहेछ। बगरको ढुंगामा वनधनियाँ र गोलभेंडाको अचार पारिलो घामसँगै सुकिरहेछ। पानी पिउनका लागि एउटा ग्यालिन, बोतल, र दूधदानी पनि। पानी पिउने मगसँगै खेलिरहेछिन् ढोरपाटन नगरपालिका–३ की १६ महिने बालिका अस्मिता बुढा।

बगरमा जिन्दगी

रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भूकम्पपीडितको आश्रयस्थल बनेको छ । बगरमा साना–ठूला गरी करिब डेढ सय टहरा ठडिएका छन् । दुई वर्षअघि भूकम्पले बिल्लीबाठ बनाएका पीडित बास खोज्दै खाल्टे बगर आएका हुन् ।

लामाबगर नाका खुलाउन सांसदको माग

चीनसँगको सिमानाबाट राजधानी काठमाडौँ जोड्ने मध्ये सबै भन्दा सुरक्षित भनिएकोे दोलखाको लामाबगर नाकालाई विशेष प्राथामिकतामा राखेर खुलाउन दोलखाका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बगरमा बिलायो त्यो खुसी

धादिङ-उत्तरी धादिङको विकट गाउँमा सोमबारसम्म छुट्टै रौनक थियो। भूकम्पले १६ महिनाअघि ढालेको घरको जग हाल्न सरकारले पहिलो किस्ता अनुदान लिन बोलायो । दसैंलगत्तै घरको जग हाल्ने उत्साहसाथ उनीहरु ५० हजार रुपैयाँ लिन सदरमुकाम ओइरिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्