७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

लामाबगर बिष्फोटमा युवाको मृत्यु

दोलखा– जिल्लाको उत्तरी सिमा गाउँ लामावगर नजिक सडक निर्माण गर्दा गराईएको बिष्फोटमा परेर एक स्थानीय युवक नदीमा खसेर बेपत्ता भएका छन्। बिहिबार दिउँसो लामाबगरबाट उत्तरी नाका फलाक जोड्ने सडकमा गरिएको बिष्फोटमा परेर विगु गाउँपालिका १ लामावगरका २१ बर्षिया जिरे भनिने चित्र बहादुर तामाङ तामाकोसी नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डिउसपी रामेश्वर कार्कीले बिहिबार दिउसो सेना र प्रहरीको टोलीले बिष्फोटक पदार्थ पड्काउने क्रममा ढुङ्गाले लागेर उनी तामाकोसी नदीमा खसेको र उनी बेपत्ता भएको सुनाए। 

यता पिडित परिवारले भने अवैध रुपले लगिएको बिष्फोट पदार्थ पड्काईएको र घटना लुकाउन आफ्ना तामाङको शव गायब पारिएको आरोप लगाएको छ। तामाकोसी आयोजनाको क्याम्पबाट एउटा साईटका लागि लगिएको बिष्फोटक पदार्थ छु्ट्टै क्षेत्रमा पड्काएका कारण तामाङको मृत्यु भएको र उनी बेपत्ता भएको आरोप परिवारले लगाएर आफूकहाँ उजुरी गरेको दोलखा १ का प्रदेश सभा सांसद विशाल खड्काले शनिबार साँझ टेलिफोनमा जानकारी दिए। 

जिल्ला प्रहरी प्रमुख कार्कीले घटना बारे अनुसन्धान भइरहेको सुनाए। 

प्रकाशित: १९ जेष्ठ २०७५ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App