१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बूढीगण्डकीले बगाएको यारुबगरको बाटो खच्चड हिड्ने बन्यो

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको पैदलबाट निर्माण पुरा भएको छ । १० दिनदेखि ताराजाली भरेर पैदलबाटो निर्माण गरिएको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए ।

धार्चे गाउँपालिका चुमनुब्री जोड्ने क्यान्टिलिभर पुल र पैदलबाटो असार १६ गते बूढीगण्डकी नदीमा आएको बाढीले बगाएको थियो । ‘बिहीवारदेखि खच्चड हिड्ने गरी काम सकिएको छ,’ वडा अध्यक्ष गुरुङले भने । अहिले ग्याबिन जाली भरेर बाटो बनाइएको छ ।  बाटो निर्माणका क्रममा दशलाख रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । यस अघि उक्त पैदलमार्ग नहुँदा चुमनुब्री क्षेत्रमा खाद्यान्न संकट हुने खतरा थियो । खाद्यान्न बोकेर गएका खच्चड यारु बगरमा रोकिएका थिए । पैदल हिड्न पनि समस्या भएको उक्त स्थानमा धार्चे र चुमनुब्री गाउँपालिकाको समन्वयमा बाटो मर्मत गरिएको हो ।  

बाटो बनेसँगै खच्चड र मानिसलाई पनि आउजाउ गर्न सहज भएको छ । चुमनुब्री गाउँपालिका सडक सञ्जाल नपुगेको हिमाली क्षेत्र हो । त्यहाँ खच्चड वा हेलिकप्टरबाट मात्रै खाद्यान्न र दैनिक उपभोग्य बस्तु ढुवानी सम्भव छ । बाढी र पहिरोले मनास्लु पदमार्गको धेरै ठाउँमा पुल, पैदलबाटो बगाउँदा दुई महिना यता स्थानीयको दैनिकस् कष्टकर भएको थियो । ‘केही ठाउँमा गाउँपालिका र वडा कार्यालयको समन्वयमा मर्मत भईसकेको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने ‘केही बन्दैछ ।’ वर्षात भएन भने तत्कालका लागि बैकल्पिक ब्यवस्था गरेर खाद्यान्न ढुवानी र आउजाउलाई सहज गर्ने गरी काम भईरहेको उनले बताए । 

प्रकाशित: २९ श्रावण २०७८ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App