८ वैशाख २०८१ शनिबार
समाज

नौमुलेमा सामूहिक रोजगारी

नौमुले गाउँपालिका–२ बाल्टरमा काम सामूहिक रुपमा काम गर्दै स्थानीयहरु । तस्बिर : गोविन्द/नागरिक

नौमुले गाउँपालिकामा के महिला के पुरुष । असार अन्त्यतिर लाग्दा लाम लस्कर लागेर धमाधम काम गरिरहेको दृश्य उत्साहजनक देखिन्छ । गाउँभरिका यूवा यूवती, बृद्धबृद्धा आफुले सक्ने काम गरिरहेको दृश्यले गाउँमै रोजगारी पाएको अनुभुती गराउँछ । उनीहरु खोलाका बगरदेखि आयोजना स्थलसम्म करिव २ सय ५० देखि ३ सय जनासम्म स्थानीयहरु कम्मर कसेर काम गरिरहेको दृश्य आँखाभरि देखिने गर्छ । नौमुले गाउँपालिकामै ३ वटा हाइड्रोपावर कम्पनी संचालनमा छन् तर, स्थानीयले भनेजस्तो रोजगारी कहिल्यै पाएनन् ।  

तर, यो असारको महिनाको वर्षमा समानहरुमा यहाँका नागरिकहरुले कर्णाली प्रदेश मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नौमुलेका दुई वडामा मागमा आधारित योजनाहरु संचालन भएको हो । कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम राखेर कामहरु धमाधम भईरहेको नौमुले गाउँपालिका –२ का स्थानीय अगुवा गगन थापाले बताए । यहाँ ठूला आयोजनामा मेशिन तथा प्राविधिक कामदारहरु बाहिरबाट आएर पैसा लैजाने गरेपनि यसपाली भने गाउँकै जनशक्तिले रोजगारी पाएकोमा निकै खुसी छाएको अगुवा थापाले बताए ।  

कर्णाली प्रदेश मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत नौमुलेमा गरिएका २ वटा मागमा आधारीत आयोजनाहरुमध्ये नौमुले बजार–बालुवाटार सडक खण्डको बाल्टर गाउँ सडक स्तर उन्नती तथा पीसीसी आयोजना हो । यस आयोजनाको लागि कर्णाली प्रदेश प्रदेश सरकारको मुख्यमन्त्री रोगजार आयोजना अन्तरगत ३९ लाख बजेट बिनियोजन गरेको छ । कार्य सम्पादनको आधारमा रकम भुक्तानी गरिने भएकाले स्थानीयहरुले छोटो समयमा अधिक जनशक्ति परिचालन गरि कामलाई युद्ध गति दिइएको छ ।  

वर्षौदेखि हिलाम्मे, धुलाम्मे बाटोबाट बिभिन्न सास्ती खेप्दै आएका नौमुले गाउँपालिका–२ बाल्टर गाउँका स्थानीय होस्टेमा हैसे गर्दै काम गरिरहेको अवस्थाले योजनामा अपनत्व दिएको स्थानीयहरु नै बताउँछन् । बाटो राम्रो र सहज भएपछि बालबालिका मात्र हैन जेष्ठ नागरिकहरुलाई समेत सहज भएको छ । बर्षातमा हिलोले हिँड्न समेत गाह्रो हुने गरेकोमा यसपालादेखि सहज हुने स्थानीय धनसरी सलामीले बताईन् । 

उनले भनिन् , ‘स्थानीयले पैसा पनि कमाउने भए, बाटो राम्रो हुने भयो दुवै फाईदा भो ।’ काम खोज्दै प्रदेशिएका पनि कोरोनाका कारण घर फर्किको अवस्थामा बेकामे बनेको बेला  गरिव तथा बिपन्न परिवारहरु समेत आँगनमै रोजगारी पाउँदा कामले गति लिएको छ भने, योजनाप्रति अपनत्व पनि देखिएको छ ।

स्थानीय जनशक्तिबाटै विकास र रोजगारीका लागि योजनाको काम धमाधम भईरहेको नौमुले गाउँपालिकका अध्यक्ष भद्रे बुढामगरले बताए । ‘गाउँपालिकाले धेरै कार्यक्रम रोजगारीमैत्री होस् भनेर काम गरिएरहेका छौं ।’ गाउँपालिकाका अध्यक्ष बुढाले भने, आयआर्जन र विकासका कार्यक्रममा जनताबाटै होस् भनेर कार्यक्रम गरिरहेका छौं ।

प्रकाशित: २४ असार २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App