२० आश्विन २०८१ आइतबार
image/svg+xml

आयुर्वेद चिकित्सालयका निर्देशक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित आज पक्राउ गरेको छ ।

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।

'काभ्रेली समूह'का लामा र तामाङ पक्राउ

प्रहरीले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले नयाँ बजारबाट धावा लामा र रोशन तामाङलाई पक्राउ गरेको हो।

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ। सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेललाई पक्राउ गरी अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

टोखामा महिलाकाे हत्या गर्ने कञ्चनपुरबाट पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौ‌ले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौ‌ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। झन्डै पाँच लाख मूल्यबराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिला शुक्रबार बिहान पक्राउ गरेका हुन्।

साली बलात्कार गर्ने भिनाजु पक्राउ

सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीया सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राऊ गरेको छ। झण्डै पाँच लाख मूल्य बराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ गरेका हुन्।

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ अभियुक्तद्वारा हिरासतमै आत्महत्या

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्।

विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।

आरके ज्वेलर्सका मालिक पक्राउ

३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्