१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा
आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ।
आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ।
पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ।
१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।
म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ।
यहाँस्थित अमरसिंहचौरमा बुधबारदेखि पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा महोत्सवको एघारौं संस्करण शुरु भएको हो। माघ ९ गतेसम्म जारी रहने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे।
महोत्सवका धेरै उद्देश्य छन्। तर पोखरा महोत्सवको भने अरुभन्दा भिन्दै उद्देश्य लिएको छ। आर्थिक चलायमानको उद्देश्य एकातिर छँदैछ। अर्कोतिर महोत्सवबाट बचत रकमलाई गरीब तथा जेहेन्दार विद्यार्थीको निशुल्क शिक्षमा खर्च गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ।
बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन्।
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।
आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।
पर्यटन व्यवसायीका अनुसार पोखराका ठुला होटलमा बाह्रैमास पाहुना हुन्छन्। विभिन्न गतिविधि, भेला, बैठक, सभासम्मेलनका कारण ती होटलमा प्रायजसो पाहुना अभाव हुँदैन। चल्तीका होटलमा सधैंजसो पाहुना भईरहँदा मझौला र साना आकारका होटल भने रित्तै हुने गरेका थिए। तर, पोखराको सडक महोत्सवले भने केही अवधिका लागि पोखराका सबैखाले होटलमा पाहुना हुने गरेका छन।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।
पोखराको चर्चित पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ। युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको एघारौं संस्करण पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने भएको हो। पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उद्योग बाणिज्य संघ गोरखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन।
पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो।
नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।