४ वैशाख २०८१ मंगलबार
अर्थ

टीकापुर महोत्सव हुने

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।

२०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत दुई वर्ष यता सञ्चालन हुन सकेको थिएन। महोत्सवको तयारी तीव्र रूपमा भैरहेको संघले जानकारी दिएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी भैरहेको अध्यक्ष चक्रपाणी सापकोटाले बताए।

करिब २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ। करिब ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल संयोजक बमबहादुर ओलीले जानकारी दिए।

महोत्सवस्थलभित्र यसवर्ष पनि थारु गाउँ समेत निर्माण गरिने भएको छ। थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक तपेन्द्र कुँवरले जानकारी दिए।

यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहनेछ। महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक कुँवरले बताए। उनले विद्यार्थीहरूको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

प्रकाशित: १७ पुस २०७९ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App