१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक बन्न नदिन चलखेल सुरु

पूर्व–पश्चिम राजमार्गको मानवतदेखि भारतको सीमाना मटिअर्वासम्म निर्माण भइरहेको मानमत–कलैया–मटिअर्वा हुलाकी सडकलाई अनावश्यक मागहरू राखेर बन्न नदिनको लागि चलखेल शुरु गरिएको छ।

सार्वजनिक पोखरीलाई नीजि बनाउन तीन पुस्तादेखि चलखेल

महोत्तरीको जलेश्वर नगरपालिका १० सारी स्थित सार्वजनिक पोखरीलाई नीजि बनाउनको लागि तीन पुस्तादेखि चलखेल भइरहेको छ। स्थानीय महेन्द्र मण्डल मण्डल भन्छन्, 'व्यक्तिगत लोभले सीमा नाघेपछि यस्तै हुँदो रहेछ।'

‘फिफा र एएफसीले छानबिन गर्दै’

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

‘चि मुसी चि’मा पात्रहरूको चलखेल

‘चि मुसी चि’ भन्ने बित्तिकै जो कोहीले पनि आफ्नो बाल्यकाल सम्झिन्छन् । हातमा हात राखेर चिमोटेको शैलीमा खेलिने यो खेल बाल्यकालमा निकै लोकप्रिय खेल मानिन्छ।

चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

सिन्डिकेट ब्युँताउने चलखेल

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेटले गत वैशाख २४ गते यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै यसलाई सुधार्न कार्यदल गठन गर्ने घोषणा गरे ।

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न थालेका छन्।

ठेक्का प्रक्रियामा स्थानीय तहले चलखेल गरेको आरोप

पाताभार - सार्वजनिक खरिद ऐन टेकेर बोलपत्र आह्वान गरेका नगरपालिका र गाउँपालिकाले न्यूनतम दरभाउ कबोल गर्ने निर्माण कम्पनीको ठेक्का सदर नगरेर चलखेल गर्ने गरेको पाइएको छ।

प्रावधान फेर्न सरकारकै चलखेल

सरकारले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउँदा अध्यादेशका महत्वपूर्ण मानिएका प्रावधान परिवर्तनको तयारी गरेको छ।

पाठ्यक्रम बदल्न दाताहरूकाे चलखेल

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग राष्ट्रिय पाठ्यक्रम प्रारूप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ । दोस्रो चरणको परियोजनाको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) दिइएको छ।

मुद्दा तामेलीमा राख्न अख्तियारकाे चलखेल

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ। अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो।

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

आयोजनामा चलखेल

विकास आयोजनामा ढिलाइ हुँदा नागरिकले समयमै सेवा पाउन सक्दैनन्। हालैका वर्षमा विकास आयोजना ढिला सञ्चालन गरेरमात्र होइन तिनमा अनावश्यक ‘सेटिङ’ गरी अनुचित आर्थिक लाभ लिने गरेको देखिएको छ। यस्तो अनुचित कार्य प्रायः सबैजसो ठूला आयोजनामार्फत हुने गर्छ। ठेक्का प्रक्रिया सुरु हुँदादेखि नै सरकारका सरोकारवाला निकाय र ठेकेदार कम्पनीबीच सम्भावित दोहनको ‘सेटिङ’ हुने गरेको छ। आफूलाई ‘शुभलाभ’ गराउन सक्नेलाई ठेक्का दिलाउने र त्यसबापतको कमिसन र नजराना सम्बन्धित सरकारी निकायका व्यक्तिले बुझ्ने गरेका छन्।

अधिग्रहण गर्ने जग्गाको मूल्यांकनमा चलखेल

राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले नहर निर्माण गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गाकोे मूल्यांकनमा चलखेल गरेको पाइएको छ ।सिँचाइ आयोजनाले जग्गा अधिग्रहण गरेर उपलब्ध गराउने मुआब्जामा एउटै प्रकृतिका जग्गालाई पनि समान मूल्यांकन नगरेको पाइएको हो।

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच सम्मान जनकरुपमा एकता हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्