२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कमसल बाँध बनाउने ठेकेदारलाई कारबाही गरिने

५२ लाख रूपैयाँको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन्।

गोरु बजारमा ठेकेदारको दादागिरी

नवलपुरस्थित गोरु बजारमा सम्झौता नै नगरी एक ठेकेदार कम्पनीले गैरकानुनी ढंगले कर उठाउन थालेको गुनासो आएको छ। दादागिरी ढंगले ठेकेदार कम्पनीले लालबन्दी नगरपालिकाको छापको दुरुपयोग गर्दै गोरु ओसारपसार गर्ने व्यवसायीसँग कर संकलन थालेको हो।

बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो।

ठेकेदारले काम नगर्दा तोडियो ठेक्का

काममा चरम लापरबाही गरेर निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक आयोजनाले पहिलो प्याकेजको करिब आठ किलोमिटरको ठेक्का सार्वजनिक सूचना जारी गरेर तोडेको छ।

ठेक्का म्याद सकियो, काम भएन

राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्दा सडकको अवस्था बिग्रँदै गएको हो। सम्बन्धित सरकारी अधिकारी कमिसन मोहमा नपर्दा हुन् त बेलैमा काम नगरेर सडकलाई धराप बनाउने ठेकेदार कारबाहीमा पर्थे। कामले गति लिन्थ्यो। राज्यको सम्पत्ति पनि जोगिन्थ्यो। नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाउँथै। उपत्यकाको सौन्दर्य पनि गुम्दैनथ्यो।

ठेकेदारको लापर्बाहीले लथालिंग

सडकको दुरावस्थाकै कारण बस र ट्रकहरू हिलोमा फस्दा डोजरले तानेर तारिदिनुपर्ने अवस्था दैनिकजसो निम्तिन्छ।

अठार सय ठेकेदारमाथि छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो।

काम नगर्ने ठेकेदारको म्याद नथप्न दबाब

प्रतिनिधिसभाका सांसद गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा निर्धारित समयमा सडक सम्पन्न नगर्ने ठेकेदारका हकमा बारम्बार म्याद थप नगर्न सडक विभागलाई दबाब दिएका छन्।

मेलम्चीको पानी कहिले आउँछ ?

इटाली ठेकेदार सिएमसीसँग ठेक्का तोडेपछि काठमाडौँमा समयमै पानी झर्छ, कुनै फरक पर्दैन भनी प्रधानमन्त्रीलाई सचिव गजेन्द्र ठाकुर, योजना प्रमुख सूर्यराज कँडेल, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार घनश्याम भट्टराईले आश्वस्त पारेका थिए, भनिन्छ।

पिच माग गर्दै जनता, आलटाल गर्दै सरकार

सबै सडकमा खाल्डाखुल्डी छन्। ठेकेदारको लापरवाहीले सडक नबन्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोमा बस्न बाध्य छन् स्थानीय

दुई बुँदे सहमतिपछि मेलम्ची आयोजनाको काम सञ्चालन

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।

बाढीले निर्माणाधीन पुल बगायो

यो भेगका बासिन्दाको आउजाउ गर्ने बलियो आधार त्यही पुल थियो। ‘यो असारसम्म सक्ने गरी पुल निर्माणको म्याद थपिएको हो। तर, सकिने अवस्था थिएन

भत्केको नहर सरकारले बनाउने

परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो। सरकारी अधिकारीहरूले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व ठेकेदार कम्पनीको हुने दाबी गरिरहेका थिए भने समयमै परीक्षण नगरिएकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो।

ठेकेदारलाई कारवाही गर्ने ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्