रअ प्रमुखसँगको भेटले नतिजा दिइसकेको छ: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्।