९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अब केही हप्ताभित्रै कोरोना खोप तयार हुन्छ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अबको केही हप्ताभित्रै कोरोनाविरुद्धको खोप तयार हुने बताएका छन्।  

शुक्रबार कोरोना महामारीबारे भएको सर्वदलीय भिडियो कन्फ्रेन्समा बोल्दै मोदीले केही हप्ताभित्र खोप तयार हुने र सुरुमा रोगी, वृद्ध र स्वास्थ्यकर्मीजस्ता अग्रपंक्तिमा काम गर्नेलाई दिइने जानकारी दिएका हुन्।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार एक हप्तायता प्रधानमन्त्री मोदी खोपका लागि सक्रिय भइरहेका छन्।  

भारतीय विज्ञका अनुसार अहिले भारतमा अलग–अलग तीन खोपको फरक फरक चरणको परीक्षण जारी छ। 

अब केही हप्तामै खोप लगाउन तयार हुने उनीहरूको भनाइ छ। 

प्रकाशित: १९ मंसिर २०७७ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App