९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ

महोत्तरीको रामगोपालपुर नगरपालिकाका २ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन्  ।

वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका ७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्ष यादवको मृत्युमा संलग्न दुई जना मंगलबार साँझ बर्दिबासबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुवैजानालाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका जिल्ला अदालतले चारदिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

वडाध्यक्ष यादव भदौ ९ गते राती बर्दिबासमा साथीहरूसँग बसेका थिए । त्यहाँबाट घर आउन निस्किए पनि उनी अर्को दिन बिहान मृत भेटिएका थिए । उनी सवार मोटरसाइकल बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो भने उनको शव सडकको छेउमा फेला परेको थियो ।

वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु नभइ कसैले हत्या गरी फालेको परिवारजनले दाबी गर्दै आएका छन् । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित: ९ आश्विन २०८१ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App