९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

साफ यू -१७ :भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

साफ यू –१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा पुगेको छ  ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई  २ - १ गोलबाट हराउँदै ६ अंकका साथ समूह चरण दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गरे भने ८४ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन ।

यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न  पहिलो खेलमा  नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। अव सेमिफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: ९ आश्विन २०८१ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App