२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

टी-२० विश्वकप: नेपालको नयाँ जर्सी सार्वजनिक, मूल्य ७९९ रुपैयाँ

सन् २०२६ को आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमबीच विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अङ्कित गरिएको छ।

क्यानले नेपाली क्रिकेट समर्थकहरूलाई ध्यानमा राख्दै जर्सीको मूल्य सुलभ बनाएको छ। समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।

जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा क्रिकेटको लोकप्रियता (क्रेज) बढ्दै गएको बताए।

अध्यक्ष चन्दले विश्वकपको ट्रफीलाई नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूमा ‘ट्रफी टुर’ गराइने जानकारी दिए।

प्रकाशित: २१ पुस २०८२ १९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App