९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

साफ यू -१७ : नेपाल र भुटानबीचको खेल जारी , खेल १ -१ को स्थितिमा

साफ यू –१७ च्याम्पियनसिपअन्तर्गत  नेपाल र आयोजक भुटानबीच खेल जारी रहेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा जारी रहेको यी दुईबीचको खेल १ -१ गोलको स्थितिमा रहेको छ ।

आयोजक भुटानले मध्यान्तर अघि नै अग्रता लिएको थियो  । ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याएका छन् । 

यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न खेलमा पहिलो खेलमा  नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो।

प्रकाशित: ९ आश्विन २०८१ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App