१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्मचारीमा संक्रमण देखिएपछि मालपोत कार्यालय एक साता बन्द

सदरमुकाम त्रियुगा नगरपालिकाका ३ कर्मचारी कोभिड संक्रमित देखिएसँगै मालपोत कार्यालय गाईघाटका कर्मचारीमा पनि संक्रमण देखिएको छ।

कर्मचारीमा संक्रमण देखिएपछि त्रियुगा नगरपालिका बन्द

सोमबारको परीक्षणमा एक कर्मचारी संक्रमित पाइएपछि नगरपालिकाको कामकाज बन्द गरिएको नरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

अस्थायी शिक्षक र विद्यालयका कर्मचारीलाई उपदान दिँदै पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिका–२ पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण मावीमा झन्डै ३५ वर्ष सेवा गरेका लोकहरी गौतमलाई पालिकाले उपदान स्वरुप एक लाख ७४ हजार आठ सय ५७ रुपैयाँको चेक र फूलमाला लगाएर बिदाई गर्‍यो।

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

उच्च अदालतकी कर्मचारी मृत फेला

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा प्रदर्शन

सामाजिक सुरक्षा कोषविरुद्ध इटहरीका क्षेत्रका बैंकका कर्मचारीहरूले शुक्रबार दिउँसो प्रदर्शन गरेका छन्।

वीपीमा आन्दोलनरत कर्मचारीद्वारा पदाधिकारी चढ्ने गाडीको चाबी कब्जामा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले पदाधिकारीहरु चढ्ने सार्वजनिक गाडीको चाबी कब्जा लिएका छन्।

नगरपालिकाका कर्मचारीमाथि हातपात गर्ने नेतालाई कारवाहीको माग

नेकपाका मटिहानी नगरस्तरीय नेता राजकिशोर मण्डलले नगरपालिकामा कामकाज गर्दै गरेका कर्मचारी राकेशकुमार राणलाई बिहीबार दिउँसो हातपात गरेको भन्दै नेता मण्डललाई कारबाही गर्न माग गर्दै नगरपालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराएका छन्।

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेका हुन्।

पर्यटन क्षेत्रका कर्मचारीलाई सिआइटीबाट सापटी

नागरिक लगानी कोष (सिआइटी) ले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी दिने व्यवस्था मिलाएको छ।

निर्वाचन अवधिमा आयुक्तहरुले कर्मचारी सरह भत्ता पाउने

मन्त्रिपरिषद्को बैठकले निर्वाचनको अवधि सुरु भएपछि आयोगका कर्मचारीहरू सरह पदाधिकारीहरूलाई पनि तथ सुविधा तथा भत्ता दिने निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशन गरेको छ।

लुम्बिनी प्रदेश: कर्मचारीको तलब बढ्यो

प्रदेश निजामती कर्मचारीको तलब २ हजारका दरले बढाइएको छ। छुट सुविधातर्फ कोभिडका कारण बाबुआमा गुमाएका सन्तानको सम्पत्ति नामसारी गर्दा रजिस्टेसन शुल्कमा २५ प्रतिशत छुट दिने भनिएको छ। जलविद्युत्, सौर्य ऊर्जा, कपास, तरकारी, माछा, कफी, चिया, पशुपक्षी, पुष्प तथा जडीबुटी उद्योगका लागि जग्गा खरद गर्दा लाग्ने लिखतको रजिस्टेसन शुल्कमा ७५ प्रतिशत छुट, कृषिका लागि गरिने चक्लाबन्दीमा हक हस्तान्तरण गर्दा सोमा लाग्ने राजस्व मिनाहा हुनेछ।

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्