८ वैशाख २०८१ शनिबार
समाज

सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा प्रदर्शन

सामाजिक सुरक्षा कोषविरुद्ध इटहरीका क्षेत्रका बैंकका कर्मचारीहरूले शुक्रबार दिउँसो प्रदर्शन गरेका छन्। इटहरीमा रहेका विभिन्न बैंकको शाखामा कार्यरत कर्मचारीहरुले कालो ब्यानरसहित कोषविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।  

कोषले खाईपाई आएको सुविधा खोस्ने र सरकारी कर्मचारीभन्दा निकै विभेद हुने गरी आवद्ध हुन दबाब दिएको भन्दै बैंकका कर्मचारीले देशव्यापी आन्दोलन गरिरहेका छन्। देशव्यापी आन्दोलन भइरहेका बेला इटहरीमा पनि प्रदर्शन गरेका हुन्।  

इटहरीमा बैकका कर्मचारीहरुले ‘सामाजिक सुरक्षा कोष खारेज गर, जबर्जस्ती गर्न पाइँदैन, कर्मचारी सुरक्षा कोष खारेज गर, हाम्रो माग पूरा गर’ जस्ता नाराबाजी गर्दै प्रदर्शन गरे। प्रदर्शनपछि आयोजित कोणसभाका वक्ताहरुले आफूहरुले राखेको पूरा नभए थप आन्दोलन चर्काउने चेतावनी दिए। उनीहरूले कोषले कि त खाईपाई आएको सुविधा नघट्ने सुनिश्चितता गर्नुपर्ने नभए स्वेइच्छिक आवद्धताको व्यवस्था गर्नुपर्ने जनाउँदै जबर्जस्ती गरिए कोषविरुद्ध कानुनी लडाईं र सडक आन्दोलन गर्ने घोषणा गरे।

यसअघि बैंकको मुख्य कार्यालयहरूमा देखिने गरेको धर्ना अब बिस्तारै देशका विभिन्न भागबाट सुरु हुन थालेको छ।

प्रकाशित: १८ असार २०७८ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App