४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीमा संक्रमण देखिएपछि मालपोत कार्यालय एक साता बन्द

मालपोत कार्यालयल जारी गरेको सूचना । तस्बिरः महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिकाका ३ कर्मचारी कोभिड संक्रमित देखिएसँगै मालपोत कार्यालय गाईघाटका कर्मचारीमा पनि संक्रमण देखिएको छ। अघिल्लो दिन एक अधिकृत स्तरका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबार नगरपालिकाको कामकाज बन्द गरिएकै बेला मालपोतका एक कर्मचारी संक्रमित भेटिएपछि सातादिनका लागि मालपोत पनि बन्द गरिएको हाे।  

मालपोत कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीमा संक्रमण पुष्टि भएपछि अन्यमा संक्रमण हुनबाट रोक्न सातादिनका लागि कार्यालय बन्द गरिएको जनाएको छ। कार्यालयको सूचनामा आउँदो २५ गतेसम्म कार्यालयको कामकाज रोक्ने निर्णय भएको उल्लेख गरिएको छ।  

कर्मचारीमै संक्रमण देखिएकाले थप कर्मचारी र सेवाग्राहीमा संक्रमण हुने खतराबाट बच्न जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको पत्राचार अनुसार सातादिनलाई मालपोत कार्यालयका सम्पूर्ण कामकाज रोकिएको सूचनामा उल्लेख छ।

कार्यालयले आन्तरिक र अत्यावश्यक काम भने सुरक्षा सतर्कताको मापदण्ड अपनाएर निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७८ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App