६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय निर्वाचन: कुन पदमा कति उम्मेदवारी मनोनयन?

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो।

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी

रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ। १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन्।

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो।

स्थानीय तह निर्वाचन: नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाममा मुख्य बसोबास रहेको देशकै लोपोन्मुख लेप्चा समुदायका नागरिक पछिल्लो समय नीतिनिर्माण तहमा उपस्थिति जनाउँदै छन्।

म्याग्दीमा २ सय ३७ पदमा ७ सय ५९ जनाको उम्मेदवारी

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ।

‘निर्वाचनमा दलबीच मर्यादा आवश्यक’

स्थानीय तह निर्वाचन २०७४ मा धाँधली भएको भन्दै दलहरूबाटै आवाज उठेपछि जेठ १३ गते स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन विशेष समिति नै गठन भएको थियो भने २०७४ असोज २६ गते समितिले प्रतिवेदन नै बुझाएको थियो।

निर्वाचन सुरक्षामा चारै निकाय सक्रिय

निर्वाचनमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ। निर्वाचन सुरक्षाका दृष्टिले विगतका निर्वाचनभन्दा केही सहज देखिए पनि आफ्नो संगठन चुस्तताका साथ तोकिएको कार्यमा जुटेको सुरक्षा निकायहरूले बताएका छन्।

स्थानीय तहमा दलित प्रतिनिधित्व

स्थानीय तहमा प्रतिनिधि भएरमात्र दलित समुदायले भोग्दै आएको जातीय विभेद अन्त्य हुन्छ भन्ने सोच दिवासपना मात्रै हो ।

स्थानीय चुनावः निर्वाचन आयोगको कार्यसम्पादन फितलो

उम्मेदवारी दिनेको यकिन विवरण बेलैमा संकलन गर्न नसक्दा आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका प्रभावित भएको छ। आयोगको कार्यसम्पादन फितलो हुँदा वैशाख ३० को निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिएको छ।

काठमाडौं उपत्यकामा एक हजार ७३७ जनाको उम्मेदवारी

काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका लागि प्रमुखमा एक सय १९, उपप्रमुखमा ५३, वडाध्यक्षमा दुई सय ८६, महिला सदस्यमा एक सय ४८, दलित महिला सदस्यमा एक सय २ र खुला सदस्यतर्फ तीन सय ३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

गठबन्धनमा सकसः कतै विद्रोह कतै एक्लाएक्लै

गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाई सँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन्।

असल उम्मेदवारीको अपेक्षा

दलले जथाभावी व्यक्तिलाई उम्मेदवार बनाउने र मतदाताले दलीय आधारमै मतदान गर्दा राम्रो परिणाम आएको छैन। असल उम्मेदवार नभए मत प्राप्त हुँदैन भन्ने दलहरूलाई लाग्नु आवश्यक छ।

स्थानीय निर्वाचन २०७९ः देशभरि उत्साहजनक मनोनयन लाखभन्दा बढी उम्मेदवार

मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ। बुधबार र बिहीबार मनोनयनपत्र जाँच, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यक्रम छ। त्यसैगरी वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ मा नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

एक्लाएक्लै भिड्दै ६ मधेसी दल

जसपा कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले मधेस प्रदेशमा जसपाको पहिलेदेखि नै बलियो पकड रहेको भन्दै त्यहाँ कसैसँग सहकार्य आवश्यक नभएको बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्