२७ पुस २०८१ शनिबार
image/svg+xml

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’

निर्वाचनमा विजयी भए सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने कार्कीको प्रतिबद्धता

गठबन्धनको सरकारले नै निर्वाचनपछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए।

एमालेको गठबन्धन अप्राकृतिक र अपवित्र: माधव नेपाल

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ: प्रकाशमान सिंह

'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने।

भारत र चीनसँग सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन गठबन्धन निर्वाचनमा विजयी हुनुपर्छः पूर्णबहादुर खड्का

उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

सांसद भए दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछु: ओनसरी घर्ती

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।

सत्तारुढ गठबन्धनको सहमति विपरित उम्मेदवारी दिनेलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय

सत्तारुढ गठबन्धन बैठकले सहमति विपरित उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएको छ।

बाजुरामा गठबन्धन: टिकट बाँडफाँटमा व्यापक असन्तुष्टी, स्वतन्त्र उम्मेदवारीको बहस

नेपाली काँग्रेसका नेता कार्यकर्ताले सामाजिक सञ्जालमै गठबन्धनको नाममा शीर्ष नेताहरुको निर्णय मान्न सकिने अवस्था नरहेको धारणा सार्वजनिक गरेका छन्। एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघमा काँग्रेस, प्रदेश ‘क’ मा माओवादी र ‘ख’ मा काँग्रेसलाई दिने निर्णय गरिएको छ।

बाँडफाँटबारे अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।

दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय

कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्