७ वैशाख २०८१ शुक्रबार
राजनीति

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

क्षेत्र नम्बार १ दाङका सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले नेकपा एमाले पार्टीलाई बिदाई गर्ने टिपप्णी गरेका छन्।

लमही नगरपालिकाका विभिन्न वडामा वाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त टिप्पणी गरेका हुन्।

जनताको अभिमतको अपमान गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले निकै ठूलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाइ थियो।

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए। ‘देश बचाउँन व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन्। र जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन्’ मन्त्री चौधरीले प्रष्ट्याए।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली काँग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: ५ कार्तिक २०७९ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App