४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मकवानपुरमा दुई ट्रक ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ।

कामपामा जेठ मसान्तसम्म एक सय ६२ आगलागीका घटना

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन्। यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जनाएको छ। ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिएका छन।

दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

खोटाङको खार्मीमा आगलागी हुँदा ३२ लाख क्षति

खोटाङ सदरमुकाममा आगलागी हुँदा ३२ लाख बढीको धनमाल जलेर नष्ट भएको छ। दिक्तेल रूपाकोट मझुवागढी–१ स्थित खार्मीका मानबहादुर मगरको घरमा दिउँसो आगलागी हुँदा उनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।

ताप्लेजुङको दोखुमा आगलागी

शनिबार बिहान भएको आगलागीमा फुङलिङ नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष पदम पालुङ्वाको घर जलेर नष्ट भएको हो।

माेरङकाे राठी इन्डष्ट्रिजमा आगलागीः नियन्त्रणमा लिने प्रयास जारी

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ। शुक्रबार बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो।

माल्या जङ्गलमा आगलागीबाट घाईत भएका एक जनाको मृत्यु

दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी गम्भीर घाइते भएका ५५ वर्षीय भैरव वि.क.को मृत्यु भएको छ।उनको बुधवार राती मृत्यु भएको हो।

उदयपुरगढीमा भीषण आगलागी, ७ घर जलेर नष्ट

उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा विहान लागेको आगलागी भईरहेको र अहिलेसम्म आधादर्जन बढी घर गोठ जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

जलेर घरसहित धनमाल नष्ट

सदरमुकामकै त्रियुगा नगरपालिका-१५ मा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। खाँबुको इनामे बाउन्नी डाँडामा सोमबार साँझ आगलागी हुँदा स्थानीय गौरबहादुर राईको घर र घरभित्र रहेको धनमाल जलेर नष्ट भएको हो।

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।

अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

सर्लाहीमा बढ्यो आगलागीका घटना

गत आइतबार सर्लाहीको बरहथवा नगरपालिका र धनकौल गाउँपालिकामा आगलागी भएको थियो। यसै गरी सोमबार बलरा नगरपालिकामा आगलागीको घटना भएको छ।

ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका तीन घाइते

मलंगवा नगरपालिका १० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने ग्याँस लिक भएर खाना पकाउने क्रममा आगलागी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्