१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरगढीमा भीषण आगलागी, ७ घर जलेर नष्ट

क्याप्शन

जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा बिहीबार विहान आगलागी भएर घर गोठ लगायत धनमाल नष्ट भएको छ। उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा विहान लागेको आगलागी भईरहेको र अहिलेसम्म आधादर्जन बढी घर गोठ जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

आगलागी के कारण भएको र कति घरधुरी जल्यो भन्ने यकिन नभईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सो ठाउँमा टेलिफोन नेटवर्कले काम नगर्ने भएकाले घट्नाबारे जानकारी लिन नसकिएको इन्पेक्टर मोहन थापाले बताए । ‘विहानैदेखि आगलागी भएको खवर आएको छ र प्रहरी टोली घट्नास्थल पठाईसकिएको छ’ इन्पेक्टर थापाले भने ‘तर, फोन सम्पर्क हुन नसक्दा यकिन तथ्यांक आएको छैन, हाम्रो टोली फर्केर आएपछि मात्र बिस्तृत बिबरण थाहा हुन्छ ।’

घटनाको बिबरण बुझ्न वडाध्यक्ष भुवन केप्छाकी मगरसँग सम्पर्क गर्दा हुन सकेन। गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले आफुलाई आगलागी भएको घट्नाबारे जानकारी नभएको बताए। कार्यालयको कामले काठमाडौँ रहेका उनले गाउँमा फोन नलाग्ने भएकाले घट्नाबारे बुझ्न नसकेको बताए ।  

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले विहानैदेखि गाउँमा आगलागी भईरहेको र ७ घरधुरी जलेको भन्ने अपुष्ट खवर आएको बताए। उनले घट्नाबारे जानकारी आएलगत्तै स्थानीय प्रहरी चौकीबाट टोली परिचालन भईसकेको र जिल्लाबाट पनि थप सुरक्षा फौज घट्नास्थलतर्फ पठाइएको बताए। टोली पुगिसके पनि नेटवर्क समस्याका कारण दोहोरो सम्पर्क हुन नसकेकाले वास्तविक घट्ना विवरण आईनसकेको एसपी फुयालले बताएका छन्।

वरिपरि चुरे जंगल रहेको हाडेबासमा हावाहुरी तथा सुख्खा यामकै कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। बर्खायाम सुरु भईसके पनि पानी नपर्दा जताततै डढेलो र आगलागीका घट्नाहरु बढ्दै गएका छन्। २ दिनअघि मात्र त्रियुगा नगरपालिका १५ खाँबुको बाउन्नीडाँडामा जंगलको डढेलोबाट सल्केको आगोले बाउन्नी डाँडामा सोमबार साँझ आगलागी भएर स्थानीय गौरबहादुर राईको घर गोठ र घरभित्र रहेका सम्पूर्णं धनमाल जलेर नष्ट भएको थियो।  

प्रकाशित: २८ वैशाख २०८० ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App