१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी गैरी गाउँमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट गैरी गाउँका शुभकरण साह र छिमेकी सरोज बैठा तथा उनकै भाइ मनोज बैठाको सगोलमा रहेको घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट शुभकरणको टिनको छानो भएको भुइतले घर तथा घरभित्र रहेका नगद, कपडा, अन्नसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । घर जलेपछि आठ जना परिवार सदस्य रहेको शुभकरणको परिवार विस्थापित भएको छिमेकीहरुले बताएका छन् ।

यसै गरी सरोज बैठा र मनोज बैठाको सगोलको टिनको छानो भएको भुइतले घर तथा घरभित्रका सरसामग्री सम्पूर्ण जलेर नष्ट हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीले बैठा परिवार पनि विस्थापित भएको छ।

गत तीन दिनको अवधिमा सर्लाहीको बलरा, धनकौल, बरहथवा र लालबन्दीमा गरी आगलागीबाट पाँच वटा घर जलेका छन् । निरन्तर आगलागी भइरहँदा लाखौको क्षति भएको छ।गर्मी र सुक्खापन बढ्दै जाँदा यहाँ आगलागीका घटना बढेर जनधनको क्षति भइरहेको छ।

दमकलको अभाव रहेको सर्लाहीमा आगलागीका घटनामा वृद्धि भइरहँदा सबै क्षेत्रमा चिन्ता देखिएको छ।

प्रकाशित: २७ वैशाख २०८० १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App