२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माल्या जङ्गलमा आगलागीबाट घाईत भएका एक जनाको मृत्यु

दैलेखको  आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी गम्भीर घाइते भएका ५५ वर्षीय भैरव वि.क.को मृत्यु भएको छ।उनको बुधवार राती मृत्यु भएको हो।

आगलागीमा घाईत भएकाहरुको भेरी अस्पतालमा उपचार भईरहेको छ।उपचार भएकाहरु मध्य आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विकलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

यस अघि दैलेखको आठविस नगरपालिका –६ माल्या जङ्गलमा  आगजनी नियन्त्रण गर्न जाँदा  स्थानीयहरू घाइते भएका थिए ।जङ्गल  नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।आठविस नगरपालिका–६ का वडाअध्यक्ष  नमराज शर्माका  अनुसार आगलागीबाट १२ जना स्थानिय घाईते भएका थिए।  

प्रकाशित: २८ वैशाख २०८० ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App