४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोठमा आगलागी हुँदा लाखौँको क्षति

सांकेतिक तस्बिर।

सर्लाहीमा एक किसानको गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

सर्लाहीको लालबन्दी नगरपालिका-१६ परवानीपुरमा एक किसानको गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएकाे छ।

स्थानीय रत्नबहादुर मैनालीको कच्ची घर गोठमा चुलोबाट अचानक आगो सल्किएको बताइएको छ। आगलागीबाट बाँस र काठले बनेको गोठ जलेर खरानी हुनुका साथै केही भाँडाकुँडा र घरायसी प्रयोजनका सामान पनि सखाप भएको प्रहरीको भनाइ छ। 

आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

मैनालीको गोठमा आगो लागेको खबर पाउनाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति नभएको र पशुलाई पनि कुनै क्षति पुगेको छैन।

प्रकाशित: २६ असार २०८० १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App