१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

जलेर घरसहित धनमाल नष्ट

सदरमुकामकै त्रियुगा नगरपालिका-१५ मा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। खाँबुको इनामे बाउन्नी डाँडामा सोमबार साँझ आगलागी हुँदा स्थानीय गौरबहादुर राईको घर र घरभित्र रहेको धनमाल जलेर नष्ट भएको हो।

जंगलमा लागेको डढेलो सल्केर घरमा आगो लाग्न पुगेको स्थानीयले बताएका छन्। आगोले राईको काठ र ढुंगामाटोले बनेको फुसको छाना भएको घर र घरभित्र रहेका लत्ताकपडा, भाँडाबर्तन, अन्नपात लगायत सबै जलेर नष्ट भएको छन्। स्थानीयका अनुसार आगोले राईले पालेका कुखुरा पनि जलेर मरेका छन्।

आगोले के कति क्षति पुगेको भन्ने यकिन भइसकेको छैन। स्थानीय भेला भएर लगभग २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। स्थानीय पदम खत्रीका अनुसार जंगलमा लागेको डढेलो जोडतोडले चलेको हावाहुरीका कारण घरको छानोमा झिल्को आएर आगलागी हुन पुगेको हो। खत्रीका अनुसार घरको आगो निभाउनुका साथै गाउँलेहरू मिलेर जंगलको डढेलो पनि नियन्त्रणमा लिएका छन्।

डढेलो नियन्त्रण नहुँदा जंगलछेउमा रहेको घर भएकाले आगलागी भएको र अन्य ३/४ घर पनि जोखिममा रहेका थिए। केही दिनअघि लागेको डढेलो फैलँदै गएर जंगलै सखाप पारिरकेको स्थानीयले बताएका छन्। हिउँद र सुख्खायाम भएकाले दिउँसोदेखि रातभरी हावाहुरी चल्न थालेकाले आगलागीको जोखिम बढेको स्थानीयले बताएका छन्।

आगलागीबाट कम्तीमा १५ लाख माथिको क्षति भएको अनुमान स्थानीयले गरेका छन्। तर, यकिन क्षतिबारे भने प्रहरीले जाकारी गराउने उनीहरूको भनाइ छ।

प्रकाशित: २८ वैशाख २०८० ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App