१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सुदूरपश्चिममा महामारीको रूप लिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउँन थालेको छ।

प्रधानमन्त्रीको चीन भ्रमणः विमानस्थल र कोरला नाकालाई प्राथमिकतामा राखिदिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानुअघि पोखरा आउँदैछन। चीन निस्कनुअघि पोखरा आएका प्रधानमन्त्रीलाई चीन भ्रमणताका गर्नुपर्ने केही पहलका लागि पोखराका व्यावसायीले स्मरणपत्र बुझाउने तयारी थालेका छन्। व्यावसायीले प्रधानमन्त्रीलाई पहिलो प्राथमिकता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरदेखि नियमित उडानको पहल गरिदिन आग्रह गर्ने बताएका छन्। त्यस्तै चीनसँगका उत्तरी नाका खुलाउन पहल गर्न पनि व्यावसायीले प्रधानमन्त्रीसँग अनुरोध गर्ने तयारी थालेका छन्।

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

पर्यटन बोर्ड र पोखराका व्यावसायीबीच आरोप–प्रत्यारोप

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धन को जिम्मा पाएको निकाय पर्यटन बोर्ड र पोखराका पर्यटन व्यावसायीबीच विवाद चर्किदै गएको छ। पर्यटन प्रर्वद्धनमा उचित भूमिका खेल्न नसकेको भन्दै व्यावसायीले बोर्डको पोखरा कार्यालयका कर्मचारी विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी नै गरेका छन्।

नीति तथा कार्यक्रमबारे पोखराका पर्यटन व्यावसायी भन्छन्: बजेट नदिँदा कार्यन्वयनमा आशंका

सरकारले नीति तथा कार्यक्रममा फेरि पनि भ्रमण दशक र पर्यटन वर्ष भनिरहँदा पोखराका पर्यटन व्यावसायी भने उत्तिसारो उत्साही देखिन्नन्। किनकी सरकारले ल्याएको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता कम दिएको गुनासो उनीहरुको छ।

पोखराका पर्यटन व्यवसायी भन्छन्: आगामी वर्षको बजेट पर्यटनमैत्री होस्

पोखराका पर्यटन व्यावसायीले राष्ट्रबैंक पोखरा कार्यालयमार्फत ज्ञापनपत्र बुुझाउँदै व्यावसायी जोगाउने गरि निर्देशिका ल्याउन र आगामि बजेट पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन्।

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्र्धन अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यवसायीले भारतका विभिन्न सहरमा प्रवद्र्धन अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्र्धन अभियान थालेको हो।

पर्यटन व्यावसायीको प्रधानमन्त्रीलाई अनुरोध: पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिदिनुपर्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा उद्घाटन भएको साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पुरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यावसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्।

कोभिडपछि २० प्रतिशत व्यवसायी पलायन भएको अनुमान

गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।

पर्यटक आगमन बढ्दै गर्दा व्यवसायीमा गुनासोका चाङ

कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।

नेपालका कफि व्यवसायीको निर्यात क्षमता बढाउन गाइडलाइन तयार

आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।

करेन्ट लागेर सर्लाहीमा युवा व्यावसायीको मृत्यु

मलंगवामा लामो समयदेखि रघुनाथ होटल संचालन गर्दै आएका रघुनाथ साहका छोरा अवधेश साहले चापाकलबाट पानी निकाल्न खोज्दा करेन्ट लागेको हो।

रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग

पोखराको बजार क्षेत्रका व्यावसायीहरूले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्