११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कांग्रेसको आन्तरिक लोकतन्त्रमा प्रश्न

देशकै पुरानो र लोकतान्त्रिक दलको रूपमा चिनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले महासमिति बैठकको निर्णय उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रमै प्रश्न उठ्न थालेको छ। कांग्रेसको मिनि महाधिवेशनको रूपमा रहेको महासमिति निर्णय गर्नका लागि केन्द्रीय समितिभन्दा माथिल्लो कार्यकारी थलो हो। तर त्यसले गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयनमा ल्याउनुको सट्टा उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रबारे अनेक टिकाटिप्पणी हुन थालेको छ।

सामेली लोकतन्त्र कि जनवादी ढाेंगतन्त्र ?

संयुक्त राज्य अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनको प्रख्यात भनाइ छ– ‘तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरि मूर्ख बनाउन सक्छौ तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौ।’ लिङ्कन सन् १८६१ देखि १८६५सम्म अमेरिकाका राष्ट्रपति पदमा रहे र आफ्नो देशको सबैभन्दा ठूलो संकट गृहयुद्ध अन्त्य गरे। त्योभन्दा पनि महत्वपूर्ण उनले मानव सभ्यताकै कलंंक दास प्रथा अन्त्य गरेका थिए।

लोकतन्त्रको लय

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो।

लोकतन्त्रमा नकारात्मक प्रवृत्ति प्रतिबिम्बित : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दा लोकतन्त्रसामु नकारात्मक प्रवृत्ति प्रतिबिम्बित हुन थालेको बताएका छन्। ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि भइरहेको आरोप लगाएका हुन्।

नियन्त्रित लोकतन्त्रको अभ्यास ?

कवि हरि अधिकारीको उपरोक्त कवितांशले लाइन काटिएका नि:शब्द टेलिफोनको कथा भन्छ जहाँ आवाज प्रतिबन्धित छ। आक्रोशको आवाज र पीडाको क्रन्दन मौन रोदनका लागि अभिशप्त छ। २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाउँदै शासन हातमा लिएको परिप्रेक्ष्यमा कवि अधिकारीले उक्त कविता लेखेका थिए।

सहभागितामूलक लोकतन्त्रको खाँचो

युनिभर्सिटी अफ एम्सटरड्यामका प्रोफेसर ‘मार्लियस ग्लासियस’ र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्रोफेसर ‘आर्मिन इशकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे। एथेन्स, कायरो, लन्डन अनि मस्कोका जुझारु अभियान्ताहरूलाई नागरिकहरू किन आफूले चुनेका सरकारकै विरुद्ध सडकमा आइरहेका छन् भन्ने सारसहितका प्रश्न गरे।

आग्रह, दुराग्रह र सत्याग्रह

राजनीति धेरै थोक हो– यसका असंख्य आयाम छन्, असंख्य पाटा छन्। यीमध्ये एउटा पाटोमा राजनीति भनेको आग्रह÷दुराग्रहले सजिलै प्रवेश पाउने थलो पनि हो। जुनसुकै कालखण्डमा, जुनसुकै देशमा, जस्तोसुकै व्यवस्थामा बनेका जस्तासुकै पार्टीको सरकारले पनि राजनीतिक आग्रह/दुराग्रहको सामना गर्नैपर्ने हुन्छ। जस्तोसुकै पार्टीको सरकारले पनि प्रतिपक्षीप्रति कुनै न कुनै किसिमको आग्रह/दुराग्रह पालेकै हुन्छ। स्वाभाविक आग्रहको मात्रा कति छ र अस्वाभाविक दुराग्रहको मात्रा कति छ भन्ने कुरा भने त्यो देशमा लोकतन्त्रको परिपक्वता र राजनीतिक संस्कारको विकासले निर्धारण गर्ने कुरा हो। जहाँ लोकतन्त्र परिपक्व भइसकेको छ, त्यस्ता देशमा दुराग्रहको मात्रा कम हुन्छ र आआफ्ना निर्देशक सिद्धान्तबाट परिभाषित आग्रहबीच मात्र प्रतिस्पर्धा बढी हुन्छ। लोकतन्त्र परिपक्व नभइसकेको देशमा भने विचारको प्रतिस्पर्धा भन्दा बढी दुराग्रहको भूमिका हुन्छ।

भूमिसँग नजोडिएको लोकतन्त्र

नयाँ संविधान बनेर लागु भएको पनि ३ वर्ष बितिसकेको छ। यसबीचमा राज्य भन्छ– शौचालय बनाउन सुविधा दिन्छौँ, सिँचाइका लागि कुलो बनाइदियौँ, उत्पादनका लागि बीउ किन्न अनुदान दियौँ। तर जसको भूमि नै उसले कहाँ बनाउँछ शाौचालय, कहाँ रोप्छ सरकारले दिएको बीउ ? कहाँ लगाउँछ सरकारको कुलो ? संविधान कार्यान्वयनका सन्दर्भमा आएका यी प्रश्नको उत्तर जरुरी छ।

सहिद र बिपी विचार

‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ।

सिद्धान्तको फेर समातेर अधिनायकवाद

लोकतन्त्रको मूल्य जटिल सिद्धान्तका लामा लामा तर्कहरूले मात्र स्थापित हुँदैनन्। व्यवहारबाट सिद्ध विषयहरूले लोकतन्त्रको आधार र प्रयोगलाई सुनिश्चित गरेका हुन्छन्। अहिलेका कामहरू हेर्दा वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार लोकतन्त्रको सिंहासनमा वसेर अधिनायकवादको आधार निर्माणमा ब्यस्त देखिन लागेको छ।

डा केसीको समर्थनमा लोकतन्त्रवादी पेशागत संघसंगठनले प्रदर्शन गर्ने

लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन्। मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन।

लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा : जोशी

पाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नबिन्द्रराज जोशीले सरकारल अलोकतान्त्रिक ढंगबाट चलिरहेकोले कांग्रेसले लोकतन्त्रको रक्षाका लागि प्रतिकारात्मक आन्दोलनको सुरुआत गरेको बताएका छन्।

‘सयकडा दशले सन्तानलाई सदाचार बनाउन सिकाउँछ’

रंगमञ्चमा हास्यव्यंग्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय कलाकार मनोज गजुरेलले पञ्चायतकालिन समयमा ‘भ्रष्टाचार’ शब्द राम्रै सुने। उनले उसबेला जनपक्षीयले पञ्चहरूलाई र पञ्चहरूले जनपक्षीयलाई ‘भ्रष्टाचार’को आरोप लगाउँदै आक्रमण गरेको पनि थाहा पाए। पञ्चायत, प्रजातन्त्र, राजा शासन, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मनोजका कानमा ‘भ्रष्टाचार’ शब्द सधैं गुन्जिरहे।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

सरकार माफियाको नियन्त्रणमा : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेताको सहभागिताबिनै संवैधानिक आयोग गठन गरी सरकारले लोकतन्त्रमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्