२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

डा केसीको समर्थनमा लोकतन्त्रवादी पेशागत संघसंगठनले प्रदर्शन गर्ने

काठमाडौं- लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन्।

मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने जानकारी दिए।  

उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहने छ।

प्रकाशित: १५ माघ २०७५ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App